मन्त्रिपरिषद बैठक आज बस्दै, तोकिएला निर्वाचनको मिति ?

Share :

काठमाडौं । आज दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दै छ ।

आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्ने सम्भावना छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे निर्णय हुनसक्ने बताउनु भएको छ।


सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन गर्ने तयारी गरेको छ ।

चुनाव मंसिर ४ मा गर्नेबारे बुधबारको सत्ता गठबन्धनको बैठकमा सहमति भएको थियो ।

निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय