२४ घण्टामा थपिए ९१५ जनामा कोरोना संक्रमित, २ जनाको मृत्‍यु

Share :

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।


योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय