विर्तामोडमा शनिबारदेखि शिवमहापुराण ज्ञान महायज्ञ हुँदै

Share :

विर्तामोड । झापाको विर्तामोडमा भोलि शनिबारदेखि ११ दिवशीय शिव महापुराण ज्ञान महायज्ञ हुने भएको छ ।

विर्तामोड २ को हिमाल सागर पार्टी प्यालेसमा आज पत्रकार भेटघाटको आयोजना गर्दै भोलिदेखि शिवमहापुराण ज्ञान महायज्ञ हुने जानकारी गराइएको हो ।

धार्मिक अनुष्ठान सेवा समाज विर्तामोडको आयोजना र इश्वरादेवि तथा दिपा संग्रौला लगायत संग्रौला परिवारको संयोजनमा शिवमहापुराण ज्ञान महायज्ञ हुन लागेको हो ।


भोली उद्घाटन हुने ११ दिने ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

दैविक प्रकोप तथा मानविय उद्धारका लागि स्थापन गरिएको कोषमा आर्थीक सहयोग जुटाउने हेतुले महायज्ञ आयोजना गरिएको आयोजक समितिका सदस्य देवि प्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

धार्मिक अनुष्ठान सेवा समाज विर्तामोडले दशौं सार्वजनिक श्रीमद् भागवत महापुराणको अवसर पारेर ११ दिवशीय श्री शिव महापुराण आयोजना गरेको हो ।

महायज्ञमा आचार्य पडित दिननाथ मिश्रले कथा वाचन तथा प्रवचन दिने बताइएको छ ।

उपवाचकको रुपमा पडित देवेन्द्र पौडेल रहनु भएको छ भने भागवत पाठ पारायण पडित भिम प्रसाद मिश्र शास्त्रीबाट हुने बताइएको छ ।

महापुराणमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले समेत प्रस्तुती दिने आयोजकको भनाई छ ।

हिमाल सागर पार्टी प्यालेसमा संचालन हुने महायज्ञको पहिलो दिन भोलि कलश यात्रा, मण्डप पुजा लगायता विशेष कार्यक्रमहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय