लायन्स क्लब अफ बिर्तामोड सिटिले दियो दुई जनालाई व्हील चियर

Share :

प्रकाश बानियाँ, विर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटिले दुई जनालाई व्हील चियर प्रदान गरेको छ।

क्लबले शारिरिक रुपमा अशत्त रहेका बिर्तामोड नगरपालिका ७ का नन्दवीर लिम्बू र कनकाई नगरपालिका ३ का रोहन ऋषिदेवलाई बिहिबार एक कार्यक्रमकबीच व्हील चियर प्रदान गरेको हो ।

क्लबका सदस्य राज कुमार शाहले आफ्नो जन्मदिनको अवसरमा उपलब्ध गराउनु भएको २ थान व्हील चियर उनिहरुलाई प्रदान गरिएको लायन्स क्लब अफ बिर्तामोड सिटिका प्रेसिडेन्ट मनोज बानियाँले जानकारी दिनुभयो ।


विर्तामोडको दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड सिटिका एरिया चिफ सत्यनारायण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड सिटिका प्रेसिडेन्ट मनोज बानियाँको अध्यक्षता र लायन राज कुमार शाहको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको संचालन लायन्स क्लब अफ बिर्तामोड सिटिका सचिव चन्द्र मणि कट्टेल र उपाध्यक्ष उपेन्द्र बानियाँले गर्नु भएको थियो ।

लायन निरज ओलीले औचित्यमाथी प्रकाश पार्नुभएको कार्यक्रमका सहभागिहरुलाई लायन दुर्गा थपलियाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय