जनचेतनामूलक चलचित्र ‘कुलत’को प्रिमियर सो

Share :

झापा । लागूऔषध विरुद्धको जनचेतनामूलक चलचित्र ‘कुलत’को प्रिमियर सो झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

अर्जुनधारा–३ स्थित कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा शनिबार चलचित्रको प्रिमियर सो गरिएको हो । लागूऔषधका कारण समाजमा परेको प्रभावसँगै त्यसबाट हुन सक्ने क्षतीबारे सचेतना जगाउने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्देशक कसम खवासले जानकारी दिनुभयो ।

कुलत चलचित्र झापा र इलामसंगै पूर्वको बिभिन्न स्थानमा क्षायाँकन गरिएको निर्देशक खवासले जानकारी दिनुभयो । २२ लाख ५० हजार रुपैयाँको लागतमा चलचित्रको निर्माण सम्पन्न भएको बताइएको छ ।


पूर्वेली कलाकार संघको ब्यानरमा निर्माण भएको चलचित्रमा राजा कन्दङवा, स्मीता देवान, दिलु चोङबाङ, मानबहादुर साँवा, ज्ञानु श्रेष्ठ, निक्की वि.क, सुगम नेम्वाङ, कामु लिम्बू, भरत राउत, मोहन फोम्बो, कैलाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको मख्य निर्माता दिलु चोङबाङ हुन् । मानबहादुर साँवा, मोहन फोम्बो र कुमारी खवास सह–निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा बादल लिम्बूको संगीत रहेको छ । रेगन प्रसाईंको द्धन्द निर्देशन रहेको छ । चलचित्रलाई नरेश चौधरीले छायाँकन गरेका हुन् । तिलक रिजालले सम्पादन गरेको चलचित्रमा रसछैन राईको पटकथा रहेको छ ।

‘प्रिमियर सो’ मा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देन तामाङको प्रमुख अतिथ्यता रहेको थियो । अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा–३ वडाका वडाध्यक्ष सीताराम भट्टराई, बिभिन्न वडाका वडासदस्यहरु, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दिपक दुलाललगायत अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधि र बिभिन्न कलाकारहरुको उपस्थिति रहेको थियो ।

झापाको अर्जुनधारामा ‘प्रिमियर सो’ गरिएको लागूऔषध विरुद्धको जनचेतनामूलक चलचित्र ‘कुलत’ लाई प्रदेश १ का सबै पालिकामा प्रदर्शन गर्ने लक्ष्य रहेको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय