झापामा एउटै रुखमा झुन्डिएको अवस्थामा तीनजना किशोरी फेला

Share :

झापा । झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको एक रुखमा उनिहरु झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ ।


झुन्डिएको अवस्थामा मृत फेला पर्नेहरु कचनकवल– ५ निवासी १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन् ।

स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक रुपमा झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय