बुद्धशान्ति दुर्घटना अपडेट : मोटरसाइकल चालकको मृत्यु

Share :

झापा । बुद्धशान्ति गाउँपालिका १ स्थित मेची राजमार्गमा गत असार २९ गते बुधबार भएको सडक दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विर्तामोड नगरपालिका १ का २० बर्षीय सविन बिष्टको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिष्टको विर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचारको क्रममा आज सोमबार अपरान्ह ४:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।


असार २९ गते बोलेरो जिप र मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक बिष्ट र पछाडी सवार अर्जुनधारा नगरपालिका ११ का २० बर्षीय सन्दिप राजवंशी गम्भिर घाइते भएका थिए । घाइते राजवंशीको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

बुद्धशान्ति १ बुधबारे स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र १–०१–०१५ प ३४०३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडी एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

बोलेरो गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको झापा प्रहरीका प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय