झापाको बुद्धशान्तिमा भएको दुर्घटनामा अर्जुनधाराका २ जना गम्भिर घाइते

Share :

झापा । झापाको बुद्धशान्तिमा आज भएको सडक दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् ।

चारआलीबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३१८९ नम्बरको बुलेरो जिप र बुधबारेबाट चारआली तर्फ जाँदै गरेको प्र १–०१–०१५ प ३४०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार झापाकै अर्जुनधारा नगरपालिका बस्ने अन्दाजी ३० बर्षका सबिन मिश्र र अन्दाजी २० बर्षका सन्दिप राजवंशी गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


घाइतेहरुको विर्तामोडको बि एण्ड सि अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

बुलेरो गाडी र चालक इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय