तामाङहरुले एउटा उपद्रो गर्नुपर्छ : मोहन गोले

Share :

झापा । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले जातीय पहिचान र अधिकारका लागी तामाङहरुले उपद्रो गर्नु पर्ने बताउनु भएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएका जनप्रतिनिधिहरुकालागि आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै गोलेले अब परिवर्तनका लागि तामाङहरुले उपद्रो गर्नुपर्ने बताउनु भएको हो ।

बेलाबखत हुने उपद्रोबाट नै धेरै परिवर्तन सम्भव रहेको भन्दै उहाँले जातीय अधिकार सुनिश्चित गर्न र तामसालिङ राज्य प्राप्तिकालागि तामाङहरुले उपद्रो गर्नुपर्ने बताउनुभयो ।


जनसंख्याका हिसाबले नेपालमा पाँचौ ठूलो हिस्सा ओगटेका तामाङहरुले आफ्नो पहिचान र अधिकार प्राप्तिका लागि उपद्रो गर्नुपर्ने समय आएको उहाँको भनाई थियो ।

गोलेले भगवान गौतम बुद्धले समेत बुद्धत्व प्राप्त गर्नको लागि उपद्रो गर्नु परेको बताउनु भयो । नेपालमा रजनैतिक परिवर्तन र उपलब्धि प्राप्तिकालागि जनयुद्ध लगायतका विभिन्न उपद्रोहरु भएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका गोलेले  निर्वाचित जनप्रतिनिधिहरुलाई पनि सफल हुन केहि न केही सकारात्मक उपद्रो गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा झापाका स्थानीय तहमा निर्वाचित अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन तामाङसहित विभिन्न पालिकाका १३ जना जनप्रतिनिधिहरुलाई प्रमाण-पत्र सहित बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय