झापा घेदुङद्वारा जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान

Share :

झापा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

शनिबार झापाको विर्तामोडमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै जिल्लामा गत स्थानीय तहको निर्वाचनमा तामाङ समुदायको प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभएका जन्रतिनिधिहरुलाई प्रमाण-पत्र सहित बधाई तथा शुभकामना प्रदान गरेको हो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन तामाङ सहित १३ जना निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहान गोले तामाङ, बिशेष अतिथिहरु संघिय सल्लाहाकार तथा समाजशास्त्री डा. मुक्तसिंह थोकर तामाङ, संघिय सल्लाहाकार तथा भाषाविद् अमृत योञ्जन तामाङ लगायतले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामानासहित प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा तामाङ समुदायबाट स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेद्वार बनेका आकांक्षीहरुलाई पनि स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन गोलेले जनप्रतिनिधिहरुले जातिय र सांस्कृतिक संर्वद्धनमा समेत बिशेष ध्यान दिनुपर्ने बताउनु भएको थियो ।

संघका झापा जिल्ला समन्वय समिति अध्यक्ष काजीमान घिसिङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजशास्त्री डा. मुक्तसिंह थोकर ताामङ र भाषाविद् अमृत योञ्जन तामाङले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय सदस्य तथा झापा इन्चार्ज पदमबहादुर ग्याबाक तामाङ, प्रदेश १ अध्यक्ष रेखबहादुर घिसिङको बिषेश आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय