झापाको दहीझोडामा हात्ती मृत फेला

Share :

झापा । झापाको अर्जुनधारा ४ स्थित दहीझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ ।

सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा वयस्क हात्ती मृत फेला परेको हो ।

मृत्युको कारण भने खुलिसकेको छैन ।


घटनास्थलमा डिभिजन वन कार्यालय झापा र सवडिभिजन वन कार्यलय कनकाई सुरुङगाको टोली पुगेर अनुसन्धान गरिरहेको शनिश्चरे प्रहरी चौकीले जानकारी दिएको छ ।

मृत हात्तीको शरीरमा कुने पनि चोटपटक नदेखिएकोले फुड पोइजनकै कारण मृत्यु भएको हुनसक्ने अनुमान वन कर्मचारीको रहेको प्रहरी नायव निरीक्षक रवि राईले बताउनुभयो ।

यसअघि असार १७ गते झापाको बुद्धशान्ति गाउँपालिका ५ आयाबारीमा पनि एउटा हात्ती मृत भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय