सडक मर्मतमा आफै खटिए रोङ २ का पूर्वजनप्रतिनिधि

Share :

इलाम । बर्खे पानिले सडक अवरुद्ध बनाएपछि रोङ गाउपालिका २ नम्बर वडाका पूर्वजनप्रतिनिधि आफै सडक मर्मतमा खटिएका छन् ।

पानिले त्यस वडाका अधिकांश नगरिक झापा आवत-जावत गर्ने मुख्य सडक अवरुद्ध भएपछि वडाका पूर्वजनप्रतिनिधि आफै सडक मर्मतमा खटिएका हुन् ।

झापाको अर्जुनधारा नगरपालिकाको २ नम्बर वडाबाट रोङ २ को दुधे-धनसार-मंगलटार हँदै बदमटार जोड्ने सडक खण्ड अन्तर्गत दुधे स्थीत लोर्के खोल्सीले सडक बगाउँदा पूर्ण रुपमा अवरुद्ध भएको थियो ।


सडकमा मोटरसाइकल समेत संचालन नहुने अवस्था बनेपछि त्यस वडाका पूर्व वडा अध्यक्ष टेक बहादुर तामाङ र पूर्व वडा सदस्य शरन पाख्रिन तामाङ सडक मर्मतमा आफै खटिएका हुन् ।

लोर्के खोल्सीमा आएको भेलका कारण सडकमा अटो र मोटरसाइकल समेत गुड्ने ठाउँ नभएकाले आफुहरुले मर्मत गरेको पूर्व वडा सदस्य पाख्रिनले जानकारी दिनुभयो ।

ठूला सवारी गुड्ने गरि मर्मत गर्न नसकीएपनि मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरुका लागि भने अब सहज भएको उहाँले बताउनुभयो ।

सडक अवरुद्ध बनेपछि तत्काल मर्मत नहुँदा त्यस भेगका स्थानीय प्रभावीत भएका छन् ।

भेलले सडक बगाएपछि मोटरसाइकल बाहेकका अन्य सवारी साधन संचालन नहुँदा आवत-जावतमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय