पाँचथर पहिरो अपडेट : १ जना मृत फेला, २ जना अझै बेपत्ता

Share :

पाँचथर । फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिहिदिनमा गएराती आएको पहिरोले घर र गोठ पुर्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने २ जना अहिले पनि बेपत्ता छन् ।

बेपता मध्ये ४२ वर्षिय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरि कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो । मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएको प्रहरिले बताएको छ।

उनको बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वषीए भतिजि एलिसा मगर बेपत्ता भएको प्रहरीले बताएको छ । बेपत्ताहरुको उद्धार कार्य जारी रहेको तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।


स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो ।

बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय