झापाको बुद्धशान्तिमा मृत अवस्थामा हात्ती फेला

Share :

झापा । झापाको बुद्धशान्ति ५ आयावारीमा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । स्थानीय भिम कार्कीको जग्गामा भाले वयस्क हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय बुधबारेका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले जानकारी दिनुभयो ।

विहान स्थानीयवासीले मृत हात्ती देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगेर घटनाका बारेमा स्थानीयहरुसँग थप जानकारी लिइएको थियो । एउटा दाह भएको हात्ती मरेको घटनाकाबारेमा प्रहरीले डिभिजन वन कार्यालय झापामा जानकारी गराइसकेको वरिष्ठ प्रहरी नायव निरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

हात्तीको शरीरमा कुनै पनि प्रकारको चोट पटक नभएको दाह तथा पूच्छरसमेत राम्रै अवस्थामा रहेको उहाँको भनाई छ । मृत्युको कारण नखुले पनि फूट पोइजनका कारण मरेको हुन सक्ने आशंका स्थानीयवासीले गरेको वरिष्ठ प्रहरी नायव निरीक्षक कोइरालाले बताउनुभयो । हात्ती रैथाने हो र अन्यत्रबाटै आएर हुलबाट छुटेको अनुसन्धान भइरहेको र वनको टोलीले आवश्यक प्रक्रिया पुरा गरी यसको व्यवस्थापन गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय