सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्‍य, अब कुनको कति ?

Share :

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गर्दै मूल्य घटाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताउनु भयो । घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको मन्त्री बडूले बताए। यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले महँगी नियन्त्रणका लागि पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो।


पछिल्लो मूल्यसूचीअनुसार हाल पेट्रोल डिजेल र मट्टीतेलको मूल्य क्रमश : प्रतिलिटर १९९, १९२ र १९२ रुपैयाँ तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय