झापाका कुन स्थानीय तहमा कति बजेट पेश ?

Share :

झापा । झापाका बिभिन्न पालिकाहरूले आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्।

नगर तथा गाउँसभामा जिल्लाका पालिकाहरूले आगामी आर्थिक बर्षका लागि अनुमानित आयरव्यय सार्वजनिक गरेका हुन्।

झापाको मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।


विर्तामोड नगरपालिका १ अर्ब ३८ करोड ३५ लाख ४६ हजार ४ सय ९० रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

त्यस्तै अर्जुनधारा नगरपालिकाले ७४ करोड १५ लाख ३ हजार २ सय ३० रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

कन्काई नगरपालिकाको प्रस्तावीत बजेट ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० रूपैयाँ रहेको छ।

दमक नगरपालिका १ अर्ब ६३ करोड ४० हजार ४ सय ४४ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

भद्रपुर नगरपालिकाले बिहीबार नै ९१ करोड ३४ लाख २३ हजार रूपैयाँ सार्वजनिक गरिसकेको छ।

त्यस्तै कचनकवल गाउपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रूपैयाँ, झापा गाउँपालिकाले ५० करोड ८१ लाख ५३ हजार ५ सय रूपैयाँ बजेट गाउसभामा पेश गरेका छन् ।

त्यस्तै कमल गाउँपालिका ७१ करोड १२ लाख ३३ हजार रूपैयाँ तथा गौरीगञ्ज गाउँपालिका ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

हल्दीबारी गाउँपालिकाले ४६ करोड ४३ लाख ४४ हजार ६ सय ७० रुपैयाँ बराबरको अनुमानित आयरव्यय प्रस्तुत गरेको छ।

बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकाले भने बजेट रकम सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय