प्रदेश १ मा आदिवासी जनजाति चलचित्र महासंघ गठन

Share :

विराटनगर । आदिवासी जनजाति चलचित्र बिषयक देशब्यापी अभिमुखीकरण कार्यक्रम विराटनगरमा बिहिबार सम्पन्न भएको छ ।

चलचित्र बिकास बोर्डको सहकार्य र आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रमकाबीच ज्योतिराज राईको अध्यक्षतामा ९ सदसीय आदिवासी जनजाति चलचित्र महासंघ १ नम्बर प्रदेश समिति गठन गरेको छ ।

महासंघको उपाध्यक्षहरुमा भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, दिप नारायण राजवंशी र ध्रुव चौधरी चयन हुनु भएको छ । त्यस्तै महासचिव सुमन तामाङ चयन हुनुभएको छ ।


महासंघको सचिवमा राजु माझी, सुरेन्द्र राज भुजेल र कोषाध्यक्षमा पेशल कुमार सुनुवार चयन हुनु भएको छ ।

अमृत कुमार सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख अतिथ्यता रहेको थियो ।

पुर्खाजित राईले संयोजन र केशव राईले स्वगत गर्नुभएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन दिपनारायण राजवंशीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न आदिवासी जनजाती संस्थाका अध्यक्ष एवम पदाधिकारी, प्रदेश नम्बर १ का आदिवासी जनजाति चलचित्रकर्मी र पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय