एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शंकास्पद वस्तु फेला

Share :

झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीको घर अगाडी शंकास्पद वस्तु फेला परेको छ ।

गौरादह नगरपालिका ३ मा रहेको नेता कार्कीको घर अगाडीको मुल गेटमा आज बिहान कुकुर बम जस्तो देखिने वस्तु फेला परेको हो ।

स्थानीयहरुले बिहान करीब पाउने ४ बजे उक्त्त वस्तु देखेको बताए पनि आफुले भने करीब साढे ५ बजेतिर उक्त्त शंकास्पद वस्तु देखेको नेता कार्कीले जानकारी दिनुभयो ।


कार्कीले तार जडित कुकर देखीएको भन्दै सामाजिक संजाल मार्फत जानकारी समेत दिनु भएको छ ।

संकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायलाई जानकारी गराएको र आफु र परिवारका सदस्यहरु सुरक्षीत रहेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय