पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धी, पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो

Share :

झापा । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ ।

बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ ।

यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।


हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय