झापा । किरात राई चलचित्रकर्मी संघ जिल्ला कार्यसमिति झापाको नयाँ अध्यक्षमा श्यामबहादुर राई (शेखर) चयन हुनु भएको छ ।
शनिबार बिर्तामोड सम्पन्न संघको दोस्रो साधारण सभाले श्यामबहादुर राई (शेखर) लाई संघको नयाँ अध्यक्षमा चयन गरेको हो ।
हाल सूर्योदय टेलिभिजनमा कार्यरत राई विगत लामो समयदेखि चलचित्र निर्माण तथा उत्पादन र संचार कर्ममा सक्रिय हुनुहुन्छ ।
साधारण सभाले शेखर राईको अध्यक्षतामा १३ सदस्य नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
संघको दुई उपाध्यक्षमा ससिता राई र मिलन बान्तावा राई चयन हुनु भएको छ ।
त्यस्तै महासचिव सुनिता तामाङ राई चयन हुनु भएको छ भने सचिवमा एलिना राई र कोषाध्यक्ष रविकिरण बान्तावा राई चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा जिमीहाङ राई, मेरी राई, यमुना राई, प्रविन राई, विकास राई, समिता राई र आषिस राई सर्वसहमत चयन हुनुभएको छ ।
किरात राई चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष केशव राई (युप्श)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका निवर्तमान जिल्ला अध्यक्ष भुवनसिंह राईको सभापतित्व रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति युप्शले संस्थाको उदेश्य र भावि योजनाको विषयमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा विगत वर्षमा गरिएका किरात राईको लघु चलचित्र नागा, जनजाति चलचित्र लुङा जस्ता चलचित्रको निर्माण र आदिवासी जनजाती चलचित्र अन्तरक्रिया कार्यक्रम जस्ता थुप्रै कार्यक्रमको आयोजना गरिएको जानकारी गराइएको थियो।