एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपालले आज कुवेतविरुद्ध खेल्दै

Share :

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज शनिबार दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


कुवेत १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय