विश्वकप लिग टु अन्तर्गत अमेरिकासँग नेपाल ३९ रनले पराजित

Share :

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाए । आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४,करण केसीले १ र कप्तान सन्दीप लामिछाने सुन्य रन आउट भए ।

नेपाली टोली

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३/३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । अमेरिकाका लागि अर्धशतकीय इनिङ खेलेका गजानन्द सिंहले ५८ रनको योगदान दिए । यस्तै सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय इनिङ खेले । आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए ।


नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ ।

सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल ’टाइ’ भएको थियो । लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ । नेपालले १६ खेलमा १५ अंक जोडेको छ । अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै ओमानविरुद्धको दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय