आदर्श लघुवित्तको आईपीओ खुला, कति खुल्यो शेयर ?

Share :

काठमाडौं । आदर्श लघुवित्तले आजदेखि कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ।

यस मध्ये ५ प्रतिश अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। यसमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ ।


सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय