श्रीलङ्कामा कृषि उत्पादन बढाउन हप्तामा ३ दिन बिदा

Share :

काठमाडौं । श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्साहन गरी देशको कृषि उत्पादन बढाउनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै सरकारले वैदेशिक रोजगारीमा जान चाहने सरकारी कर्मचारीलाई पाँच वर्षसम्म बेतलबी बिदा दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले केही दिनअघि आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताउनुभएको थियो । विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आउँदो सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।


खाद्य अभाव टार्नको लागि श्रीलङ्काले यसअघि नै वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका र प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय