एसियन कप छनोटमा आज नेपालले इन्डोनेसियाको सामना गर्दै

Share :

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज मंगलबार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

बलियो टिम इन्डोनेसियाविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ ।


यस अघि नेपालले लगातार दुई खेल गुमाईसकेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २९० ले पराजित भएको थियो ।

यस्तै शनिबार भएको दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४९१ गोल अन्तरले हराएको थियो । छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।

इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कुवेतलाई हराएको इन्डोनेसिया जोर्डनसँग भने पराजित भएको थियो ।

समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय