एसियन कप छनोटमा आज नेपालले कुवेतविरुद्ध खेल्ने

Share :

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्ने भएको छ ।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार देलुका १० बजे सुरु हुनेछ । आज नेपाल बलियो टिम कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित खेल्ने छ। नेपाल पहिलो जितको खोजीमा समेत रहेको छ ।

बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २ ० ले पराजित भएको थियो । आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।


छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ। कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय