नाडाललाई १४ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

Share :

स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

क्ले कोर्टका राजा नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६–३,६–३ र ६–० को सेटमा पराजित गरे । रुड नाडालका चेला हुन् । २३ वर्षीय रुड २०१८ देखि मालोर्कामा रहेको नाडालको एकेडेमीमा ट्रेनिङ गर्दै आईरहेका छन् ।

यससँगै पाँचौ वरीयताका नाडालले कीर्तिमानी १४ औं पटक फ्रेन्च ओपन जित्न सफल भएका छन् । नाडाल १४ पटक फ्रेन्च ओपन जित्ने एक्लो खेलाडी हुन् । यस्तै ३६ वर्षीय नाडालको यो कीर्तिमानी २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय