बानियाँ बन्धु समाजको केन्द्रीय अध्यक्षमा नर बहादुर र महासचिवमा भगिरथ

Share :

झापा । बानियाँ बन्धु समाजको केन्द्रीय अध्यक्षमा नर बहादुर बानियाँ निर्वाचित हुनु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित बानियाँ गाँउमा सम्पन्न १३औँ राष्ट्रिय सम्मेलन तथा साधरणसभाबाट काठमाडौंका नर बहादुर बानियाँ समाजको नेतृत्वमा चयन हुनुभएको हो ।

भारतसहित नेपालका ६ सय प्रतिनिधि सहभागी १३औँ राष्ट्रिय सम्मेलनले उहाँको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


सम्मेलनका प्रतिनिधि तथा सहभागी बानियाँ बन्धुहरु

समाजको केन्द्रीय उपाध्यक्षहरुमा भक्तपुरका केशव बानियाँ, ललितपुरकी सपना बानियाँ, चितवनका अमृत बानियाँ र झापाका शेर बहादुर बानियाँ चयन हुनु भएको छ ।

त्यस्तै बानियाँ बन्धु समाजको केन्द्रीय महासचिवमा काठमाडौंका भगिरथ बानियाँ निर्वाचित हुनु भएको छ ।

समाजको केन्द्रीय सचिवमा ताप्लेजुङका चन्द्र प्रसाद बानियाँ, झापाका मनोज बानियाँ र म्याग्दीका दिपेन्द्र बानियाँ चयन हुनु भएको छ ।

राष्ट्रिय सम्मेलनले बानियाँ बन्धु समाजको केन्द्रीय कोषाध्यक्षमा तनहुका कपिल बानियाँलाई चयन गरेको छ ।

उद्घाटनसत्रमा प्रमुख अतिथि मेचीनगर नगरपालिकका प्रमुख गोपालचन्द्र बुढाथोकी लगायत

त्यसअघि शनिबार नै सम्मेलनको मेचीनगर नगरपालिकका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नु भएको थियो ।

सम्मेलनको उद्घाटनसत्रमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसमा आवद्ध रहेका बानियाँ बन्धुहरुलाई सम्मान गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित राजेश बानियाँ, अग्रज व्यक्तित्व हरिचरण बानियाँ, संरक्षक चन्द्रप्रकाश बानियाँ, सशस्त्रका प्रहरी निरीक्षक नविन बानियाँ, डा.विशाल बानियाँ, बानियाँ बन्धु समाजका पूर्व झापा अध्यक्ष नारायण बानियाँसहित दुई दर्जन व्यक्तिहरु सम्मानित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय