रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु, २३ जना घाइते

Share :

काठमाडौं । जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा परि २३ जना घाइते भएका छन्।

आइतबार बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको छ।

दुर्घटनामा परेको बसलाई जेसीभिको सहायतामा पल्टाएर यात्रुको उद्धार गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय