प्रचण्डलाई भेट्न खुमलटार पुगे बालेन

Share :

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नु भएको छ ।

साह प्रचण्डलाई भेट्न शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुथ्नु भएको हो । भेटमा प्रचण्डले बधाई दिँदै जनअपेक्षा बुझेर काम गर्न सुझाव दिनु भएको बताइएको छ ।

यसअघि साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको थियो । उहाले केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसक्नु भएको छ ।


अघि महानगरप्रमुख निर्वाचित भएलगत्तै साहले सैनिक मुख्यालय पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय