झापालाई ७ अर्व ३१ करोड बजेट, कुन पालिकामा कति ?

Share :

झापा । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो ।

यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । यो गाउँपालिकाको बजेट ३० करोड ९९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको छ । कन्काई नगरपालिकाको लागि ३५ करोड ७६ लाख , गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, दमक नगरपालिकाको लागि ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख विनियोजन भएको छ । यस्तै भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको छ ।


यस्तै गाउँपालिकाहरुमा कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख , गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यसैगरी झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख र बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

विनियोजित बजेटहरु न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान, कार्यसम्पादनमा आधारित अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान गरी वर्गीकरण गरेर विनियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय