अर्जेन्टिनाले जित्यो फाइनलसिमा–२०२२ को उपाधि

Share :

अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ । वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।


यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ’फाइनलसिमा’ च्याम्पियन बनेको छ । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ ।

इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो । यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय