विमान दुर्घटनामा परेका २२ जनाकै शव भेटियो, काठमाडौं ल्याइदै

Share :

काठमाडौं । मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ।

सोमबार साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।

भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो ।


अन्य १० जनाको शव आज विहान मुस्ताङको कोवाङसम्म ल्याइएको छ ।

दुर्घटना मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव काठमाडौंमा ल्याएर पोष्टमार्टम गरी परिवारलाई बुझाइने तारा एयरले जनाएको छ। आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनामा परेको थियो।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको जहाज त्यसको १३ मिनेटपछि सम्पर्कविहीन भए पनि हिजो बिहानमात्रै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटना छानबिनका लागि सरकारले ५ सदस्यीय समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय