जेलेन्स्कीसँग तत्काल वार्ता गर्न पुटिनलाई फ्रान्स र जर्मनीको दवाब

Share :

फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्स्लर ओलाफ स्कोल्जले पुटिनसँग ८० मिनेट लामो टेलिफोन कुराकानी गर्दै युद्ध अन्त्यका लागि गम्भीर बन्न आग्रह गर्नु भएको हो ।

म्याक्रोँ र स्कोल्जले युक्रेनमा युद्ध विराम गर्न र रुसी फौज फिर्ता गर्न आह्वान गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ। ८० मिनेट लामो वार्तापछि मस्को किभसँगको छलफलका लागि तयार रहेको क्रेमलिनले जनाएको छ। क्रेमलिनले राष्ट्रपति पुटिन युक्रेनी समकक्षी जेलेन्स्कीसँगै वार्ताका लागि तयार भएको बारे भने स्पष्ट पारेको छैन।

यसअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफू आत्तिएको नभई द्वन्द्व अन्त्यका लागि वार्ता अत्यावश्यक रहेको उल्लेख गर्नुभएको थियो । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेन र रुसका प्रतिनिधिबीच दुई–तीन पटक वार्ता भइसकेको छ।


यद्यपि वार्ता निस्कर्षमा नपुगेपछि रुसले युक्रेनमाथिको आक्रमणको गति थप तेज बनाएको थियो। फ्रान्स र जर्मनीका नेताहरुले युक्रेनको मारियोपोलस्थित अजोभस्टल स्टील उद्योगबाट बन्धक बनाइएका २५ सय सिपाहीलाई छोड्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय