आज १५औँ गणतन्त्र दिवस

Share :

आज जेठ १५ गते, १५औँ गणतन्त्र दिवस। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको रुपमा यो दिवसलाई मनाउने गरिन्छ ।

गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ। आज बिहान आयोजना गरिएको विशेष समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले ब्यान्ड बाजासहित परेड प्रदर्शन गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको आतिथ्यतामा गणतन्त्र विशेष समारोहको आयोजना गरिएको हो। उक्त अवसरमा राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री देउवाले सम्बोधन गर्नु भएको छ।


राष्ट्रपति भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघिबढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताउनु भएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय