अर्जुनधारामा धान बाली विज वृद्धि विषयक ३ दिवसीय तालिम सुरु

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा धान बाली विज वृद्धि विषयक ३ दिवसीय तालिम सुरु भएको छ । सामुदायिक भवन शनिश्चरेमा सुरु भएको तालिमको उदघाटन अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित मेयर बलदेव गोम्देन तामाङले गर्नुभयो । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको आयोजनाम सुरु भएको तालिममा धान बालीको विज वृद्धिका लागि प्रशिक्ष सुरु गरिएको हो । तालिमलाई अर्जुनधारा नगरपालिकाको कृषी तथा पशुपक्षि विकास शाखाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ ।

तालिममा बहुगुणी २, रामधान, मिथिला, रन्जित, सोणसब, आईआर १०८ र लक्का बस्मती गरि ७ किसिमका धानको बीउ उत्पादन गर्न सिकाइने सहकारीका उपाध्यक्ष छत्र पौडेलले जानकारी दिनुभयो । यो बर्ष विज उत्पादनका लागि ६० विगाह छेत्रफलमा खेति गरिने सहकारीले लक्ष्य लिएको उहाँे बताउनुभयो । ४ हजार देखि ५ हजार मन धानको बीउ उत्पादन गर्ने लक्ष रहेको नगरविकास बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रत्युस रानाले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका कृषी तथा पशुपक्षि विकास शाखा प्रमुख पदम राईले कृषी केन्द्रीत समृद्धी र विकास केन्द्रीत प्रस्तुति राख्नस भएको थियो ।


कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिस्टले धेरै जस्तो बीउ र मल भारतबाट आयत हुने भएकाले यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो ।तालिमलाई कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीका बाली विज्ञ, कृषि विकास फर्म चन्द्रडागीका विज्ञ तथा प्राविधिक, र कृषि ज्ञान केन्द्र झापाका प्राविधिकले प्रशिक्षण प्रदान गर्ने छन् ।

कृषि उत्पादनको वृद्धि, उत्पादन, संकलन र बिक्री गर्ने मुुख्य लक्षकासाथ नगरविकास सहकारीले तालिम संचालन गरेको जनाएको छ । तालिममा अर्जुनधाराको ४, ५ र ७ नम्बर वडाका ४१ जना कृषकको सहभागिता रहेको छ ।

तालिम पश्चात खेति गर्ने जमिनको माटो परिक्षण गरेर विउ उत्पादनका लागि ५० प्रतिशत अनुदानमा कृषकलाई मल र विउ उपलब्ध गराउने बताइएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै मेयर गोम्देनले तालिम लिएपछि व्यवहारमा अनिवार्य प्रयोग गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाले कृषी क्षेत्रको प्रर्वद्धन र विकासमा नगरविकास सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख खड्गमाया पराजुली, निर्वतमान मेयर हरी कुमार राना, अर्जुनधारा नगरपालिकाका कृषी तथा पशु शाखाका प्रमुख पदम राई लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय