पोखराको मेयरमा ए.समाजवादीका धनराज र उपमेयरमा एमालेकी मञ्जुदेवी विजयी

Share :

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।

मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्नुभएको हो । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत प्राप्त गर्नुभयो ।

राप्रपाका शंकर खरालले ५ हजार ६७४ मत प्राप्त गर्नुभएको छ । लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले ३ हजार ३० मत प्राप्त गर्नुभयो ।


यसैगरी, उपमेयरमा एमालेकी उम्मेदवार गुरुङले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८४६ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गर्नुभयो । राप्रपाकी रञ्जना सेन ९रञ्जु० ले ५ हजार ५८१ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय