नीति तथा कार्यक्रमका बिषयमा नेताका आ-आफ्नै कुरा, कस्ले के भने ?

Share :

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका बिषयमा बिभिन्न दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नीति तथा कार्यक्रमले देशको समस्या सम्बोधन गरेको बताउनुभयो । उहाले नीति तथा कार्यक्रम जनताको पक्षमा आएको उल्लेख गर्दै उहाले गठबन्धन दलको धारणा नीति तथा कार्यक्रमले अघि सारेको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै पूर्व प्र्रधानमन्त्री डा बाबुराम भट्टराईले नीति तथा कार्यक्रममा आएका बिषयहरु सकारात्मक भएपनि कार्यान्वयनमा समस्या देखिन सक्ने बताउनुभयो । उहाले सुधारका कार्यक्रमहरु सन्तोषजनक नरहेको जिकिर गर्नुभयो ।


यता एमालेका नेता योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम गन्तव्यविहीन भएको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रममा जनतालाई आशा जगाउन नसक्ने उहाको भनाई छ । उहाले सरकारको कार्यक्रम परम्परागत रहेको बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका नेता बर्षमान पुनले नीति तथा कार्यक्रम निकै स्पष्ट गन्तव्यका साथ आएको टिप्पणी गर्नुभयो ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाले सस्तो लोकप्रीयताका लागि निर्वाचनलाई केन्द्रीत गरेर कार्यक्रम आएको बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी ओली भने नीति तथा कार्यक्रमका बिषयमा सदनमा बोल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय