२९ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

Share :

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय २४ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ ।अब २९ वटा स्थानिय तहको मात्रै मतपरिणाम आउन बाँकी छ ।

अहिलेसम्म घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेस ३ सय १९ पालिका प्रमुखमा विजयी भएको छ । यसैगरि नेकपा एमालेले १ सय ९६ स्थानिय तह जितेको छ भने नेकपा माओवादी केन्द्रले १ सय २० प्रमुख जितेको छ ।

जनता समाजवादी पार्टी ९जसपा० ले २९ वटा स्थानिय तहको प्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले १७ ठाउँ तथा लोकतान्त्रिक समाजवादी पार्टीले १४ ठाउँमा जित निकालेको छ । राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिका प्रमुख जितेका छ ।


अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १७ पालिका प्रमुख जितेका छन् । मतगणना भइरहेका पालिकामध्ये कांग्रेस ६ ठाउँमा अगाडि छ भने एमाले ११ ठाउँमा अगाडि छ । यस्तै माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र लोसपा २–२ ठाउँमा अगाडि छन् ।

दुई ठाउँमा भने स्वतनत्र उम्मेदवारले अग्रता लिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय