अर्जुनधारा ८ मा एमालेका कुमार उप्रेती विजयी

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको ८ नम्बर वडामा नेकपा एमालेका उम्मेद्वारको बहुमत आएको छ । महिला सदस्य पदबाहेक अन्य पदमा एमालेका उम्मेद्वार विजयी भएका हुन् ।

अर्जुनधारामा एमालेले ७ नम्बर वडाबाट वडाध्यक्षको खाता खोलेको थियो । नेकपा एमालेका उम्मेदवार कुमारप्रसाद उप्रेतीले निरन्तरता लिइरहँदै विजयी भए ।

नेपाली कांग्रेसको बर्चश्व रहेको यस वडामा उप्रेतीसँगै एमालेको तर्फबाट खुला सदस्यमा ऋषिप्रसाद घिमिरे, मनोजकुमार रैका थापामगर र सुजता रसाइली विजयी भए ।


महिला सदस्यमा भने नेपाली कांग्रेसकी सरु बुढाथोकीमा विजयी बनिन् । उप्रेतीले यसअघि नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित गोपीचन्द्र गौतमलाई पराजित गरेका हुन् । एमालेका उप्रेतीले १ हजार ४०५ मत ल्याएर जीत दर्ता गर्दा कांग्रेसका गौतमले १ हजार ३८६ मत पाएका छन् ।

महिला सदस्य पदमा नेपाली कांग्रेसकी सरु बुढाथोकीले १ हजार ४०५ मत ल्याएर विजयी बनेकी हुन् । तर, दलित महिला सदस्य पदमा सुजताले १ हजार ४११, खुला सदस्यमा घिमिरेले १ हजार ४१६ मत र थापामगरले १ हजार ३३६ मत ल्याएर विजयी भए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय