अर्जुनधारा २ को वडाअध्यक्षमा काङ्ग्रेसका सिदार्थ विजयी

Share :

झापा । अर्जुनधारा नगरपालिकाको वडा नम्बर २ को वडाअध्यक्षमा नरेन्द्र कुमार श्रेष्ण (सिदार्थ) विजयी हुनु भएको छ ।

गठबन्धनका तर्फबाट वडाअध्यक्षका उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका श्रेष्ठले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका तुलसी खतिवडालाई पराजित गर्नुभएको हो ।

श्रेष्ठले वडाअध्यक्षकालागि १५०८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका खतिवडाले १२२६ मत पाउनु भएको छ।


त्यस्तै राप्रपाका वडाअध्यक्षका उम्मेदवार चन्द्र प्रसाद आचार्यले ९५ मत प्राप्त गर्नु भयो ।

श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रघुनाथ खनालसंग ३ मतले पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय