काठमाडौँमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

Share :

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन्।

नेकपा ९एमाले० का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गरेकी छन् । कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।


मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ ।

कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय