अर्जुनधारा १ मा वडाअध्यक्षमा कांग्रेस सदस्यहरुमा एमाले विजयी

Share :

अर्जुनधारा । गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत अर्जुनधारा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदमा विजयी हुँदा अन्य परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजयी बनेका छन् ।

यस वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीबीच गठबन्धन थियो । वडाध्यक्ष पदमा एमालेका उम्मेद्वार विष्णु ढकाललाई १४० मतको अन्तरमा पराजित गरेका कांग्रेस उम्मेद्वार बस्नेतले १ हजार ५९४ मत ल्याएका थिए । प्रतिद्वन्द्वी ढकालले १ हजार ४५४ मतमात्र प्राप्त गरे ।

वडाध्यक्ष पदमा विपक्षी उम्मेद्वार विजयी बने पनि बाँकी चार सदस्य पदमा भने नेकपा एमालेका उम्मेद्वार विजयी बनेका छन् । जसमध्ये नेकपा एमालेका उम्मेद्वार मदन लिमेल मगरले सर्वाधिक मत १ हजार ६६९ ल्याएर खुला सदस्यमा निर्वाचित बनेका छन् ।


यस्तै, एमालेकै अर्का सदस्य पदका उम्मेद्वार दिनेशकुमार घिमिरेले १ हजार ४९४ मत ल्याएर विजयी बन्दा दलित महिला सदस्य पदमा इन्दिरा रामदामले १ हजार ६३१ मत ल्याउँदै विजयी बनिन् । महिला सदस्यमा पनि एमालेकै उम्मेद्वार मुना खत्रीले १ हजार ५१७ मत ल्याउँदै विजयी बनेकी छन् ।

अर्जुनधारा १ नम्बर वडाको मतगणना सकिँदा एमालेका मेयर पदका उम्मेद्वार बलदेवसिंह गोम्देनले १ हजार ७५७ मत पाए भने गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले १ हजार ३६४ मत प्राप्त गरेकी छन् । राप्रपाका उम्मेद्वारले १६४ मत पाएका छन्।

उपमेयर पदमा एमालेकी खड्गमाया पराजुलीले १ हजार ६५८ मत पाउँदा गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले ९१३ मत पाएका छन् । यस्तै, राप्रपाका उम्मेद्वारले २०६ मत पाएको निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले जनाएको छ । यस वडाको कुल मतदाता संख्या ४ हजार ७४६ रहेकोमा ३ हजार ५८१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय