जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ

Share :

बारा । बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् ।

झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो ।

माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् ।


घटना स्याउली चोकमा भएको हो । महतोका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् ।

घाइते न्योपानेको अवस्था सामान्य छ। पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय