लखनउलाई हराउँदै गुजरात आईपीएलको प्ले अफमा

Share :

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुनेमा मंगलबार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो ।

गुजरात प्ले अफ पुग्ने पहिलो टोली बनेको छ । यस्तै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

लखनउका दिपक होडाले २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २र२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।


गुजरातका शुबमन गीलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२ रन बनाए । लखनउका आभेश खानले २ विकेट लिए । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ । लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय