मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षीत र व्यवस्थीत बनाइने

Share :

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षीत र व्यवस्थीत बनाइने बताउनु भएको छ ।

अर्जुनधारा २ मा आयोजित चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा भोर्लेनी तथा खाल बस्तीका स्थानीय जनताले मदन भण्डारी राजमार्गका कारण आफुहरु बिस्थापित हुने अवस्था सिर्जना भएको गुनासो राखेपछि मेयर पदका उम्मेदवार गोम्देनले बस्तीलाई असर नपर्नेगरि राजमार्गको निर्माणका लागि आफुले पहल गर्ने बताउनु भयो ।


उहाँले बन क्षेत्रसंग नजिक भएको बस्ती रहेकाले पनि बस्ती र बन दुवैको संरक्षण हुनेगरि निर्माण आयोजनासंग समन्वय गरेर राजमार्गको निर्माण र व्यवस्थापन गर्ने कुरामा भुमिका खेल्ने बताउनु भयो ।


निर्माणधिन मदनभण्डारी राजमार्ग इलामको माईनगरपालिकाबाट अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाको केही स्थान हुँदै २ नम्बर वडाको भोर्लेनी, खाल, बेलटार, गाँजाबारी, राते बस्ती हुँदै इलामको रोङ गाउँपालिका प्रवेश गर्ने छ ।

आयोजना अन्र्तगत अहिले अर्जुनधाराको २ नम्बर वडाका टाङटिङ र गोयाङ नदिमा पुल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय