कृषीमा क्रान्ति ल्याउछौं : बलदेव

Share :

अर्जुनधारा । अर्जुनधारा नगरापालिकाका मेयर पदका आकंक्षी बलदेव गोम्देन तामाङले प्राबिधिक र प्रबिधिको अधित्तम प्रयोग गरेर अर्जुनधारामा कृषीमा क्रान्ति ल्याउने बताउनु भएको छ ।

२ नम्बर वडामा आज आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार गोम्देनले कृषीको क्षेत्रमा प्रचुर सम्भावना भएको अर्जुनधारालाई कृषी क्रान्तिबाट समृद्ध बनाउन सकिने प्रर्याप्त आधारहरु रहेको बताउनु भयो ।

उहाँले आफु नेतृत्वको टीम विजयी भए पश्चात कृषी क्षेत्रमा देखिएको सिचाईको समस्यालाई पहिलो प्राथमिकता दिएर समाधान गर्ने बताउनु भयो ।


निर्वाहमुखी कृषी प्रणालीलाई विस्थापीत गर्दै व्यवसायीक कृषीलाई जोड दिएर नगरपालिकाका हरेका कृषकहरुलाई स्थानीय सरकारले प्रबिधि मैत्री बनाउने आफुहरुको लक्ष्य रहेको उहाँले बताउनु भयो ।

सम्बोधनका क्रममा नगर प्रमुख पदका उम्मेदवार गोम्देनले जनताले राखेको बिभिन्न समस्या तथा गुनासोहरुको हल गर्ने प्रतिबद्धता राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय