अर्जुनधारामा एमालेले निर्वाचन जितिसक्यो-एमाले नेता अग्नि खरेल

Share :

अर्जुनधारा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताउनु भएको छ । आज अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा जिल्ला इन्चार्ज समेत रहनु भएका नेता खरेलले अर्जुनधारमा एमालेले मेयर उपमेयर पदमा चुनाव जितिसकेको अवस्था रहेपनि औपचारीक घोषणकालागि बैशाख ३० पर्खिएको बताउनुभयो ।

उहाँले अर्जुनधारामा सबैको साझा सहमतिमा एमालेले यूवा नेता बलदेव गोम्देन ताामङलाई मेयर पदको उम्मेदवार बनाएसंगै अन्य दलका मेयर पदका आकांक्षीहरुको उतिबेलै भागाभाग भएको बताउनुभयो । गोम्देन उम्मेदवार चुनिएसंगै मुख्य प्रतिस्पर्धी कांग्रेसले उम्मेदवार नै परिवर्तन गरेको दावी गर्नुभयो ।

अहिले देखिएको नेकपा एमालेका उम्मेदवारहरुप्रति जनताको आकर्षणले चुनाव जितिसकेको सहजै अनुमान गर्न सकिने उहाँले बताउनुभयो । नगरबासीमा लोकप्रिय नेता बलदेवले ५ बर्षको अवधिमा १० नम्बर वडामा वडाअध्यक्ष हुँदा गरेका काम, विकासप्रतिको लगाव र कटिबद्धतानै चुनाव जित्ने आधार भएको नेता खरेलको भनाई थियो।


गठबन्धन गरेर कांग्रेस र माओवादी केन्द्र संसदीय व्यवस्थाको खिलाप उभिए

त्यस्तै चुनावीकोणसभालाई सम्बोधनको क्रममा नेता खरेलले उदार लोकतन्त्रको कुरा गर्ने कांग्रेसले माओवादी केन्द्रसंग मिलेर ल्याउने व्यवस्ता कास्तो हुन्छ ? भन्दै प्रश्न गर्नुभएको थियो ।

उहाँले केबल राजनैतिक दलको स्वार्थकालागि गठबन्धन भएकाले मुलुककालागि दुर्भाग्य भएको बताउनु भयो । दुनीयाँमा अन्य मुलुममा पनि सरकार बनाउनकालागि गठबन्धन भएका थुपै उदाहरण रहेपनि स्थानीय सरकारका प्रतिनिधिलाई जनताले प्रत्यक्ष चुन्ने निर्वाचनमा गठबन्धन भएको यो नै पहिलो भएको तर्क पनि गर्नु भयो ।

उहाँले बिचारका आधारमा संगठीत गर्ने पद्धतीलाई कांग्रेस र माओवादी केन्द्रले ध्वस्त पारेको भन्दै ती दल संसदीय व्यवस्थाको खिलापमा उभिएको आरोप लगाउनभयो ।

कार्यक्रममा नेकपा एमालेका तर्फबाट अर्जुनधाराको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुलीले समृद्ध नगर निर्माण गर्ने योजना पुरा गराउनका लागि आफुहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय