गठबन्धनले सक्यो बिर्तामोड ९ मा घरदैलो अभियान

Share :

बिर्तामोड । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत घरदैलो अभियान बिर्तामोड–९ मा गठबन्धन दलले शनिबार सम्पन्न गरेको छ । शनिबार नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुसमेतको उपस्थितीमा विभिन्न टोलमा कोणसभा गर्दै गठबन्धनले घरदैलो सम्पन्न गरेको हो ।

शनिबार वडा नम्बर ९ को कामाटोली, कन्चनबारी, लखिबारीस्थित भिमसेन मन्दिर, सतालसिंहबारीलगायतका स्थानहरुमा भएको कोणसभामा नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौला, उपप्रमुख पदका उम्मेदवार सिपी कडरिया, वडाध्यक्ष सुब्बा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुशिला ढकाल, माओवादी केन्द्र प्रदेश सदस्य अरुण श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले आफुले चुनाव जितेपनि नजितेपनि ९ नम्बर वडाको सडक, कृषि, विद्युत लगायतको क्षेत्रमा काम गर्ने बताउनुभयो ।


उहाले कन्चनबारीका सडकमा भएको खाल्डो निर्वाचन सकिएको दुई दिन भित्रैमा आफ्नो पहलमा पुर्ने घोषणा गर्नुभयो । आफुले कहिले झुठ नबोल्ने बताउँदै सिटौलाले यदि आफुले झुठ बोल्ने गरेको भए तीन÷तीन कार्यकाल वडाध्यक्ष निर्वाचित नहुने बताउनुभयो । फुल बोकेर मन्दिरको मुर्ति चोर्न जानेहरुसँग होसियार रहन आग्रह गर्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिल गर्नुभयो ।

उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले ९ नम्बर वडा कृषिका लागि उर्वर रहेको भन्दै मोटर बोरिङ जडान गर्ने, भोल्टेज सुधारका लागि काम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो । कडरियाले आफु जनप्रतिनिधी नहुँदापनि वडा नम्बर ९ को विकासका लागि काम गरेको हुँदा जनप्रतिनिधी बनाएर थप जिम्मेवारीका साथ काम गराउन आग्रह गर्नुभयो ।

वडा नम्बर ९ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष सुब्बा, महिला सदस्य चन्द्रमाया तामाङ्ग, दलित महिला सदस्य नानुमाया लकान्द्री, वडा सदस्यहरु श्रीप्रसाद पाठक र गोविन्द उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय