प्राबिधिक शिक्षासहित स्वरोजगार बनाउन पहल गर्नेछु : खड्गमाया पराजुली

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले नगरबासीलाई प्राबिधिक शिक्षासहित स्वरोजगार बनाउन पहल गर्ने बताउनुभएको छ ।

अर्जुनधारा नगरपालिका ५ नम्बर वडाको बिहिबारे बजारमा शनिबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेको तर्फबाट अर्जुनधाराको उपमेयर पदकी उम्मेदवार पराजुलीले बेरोजगारी समस्या समाधानकालागि प्राबिधिक शिक्षासहित नगरिकलाई स्वरोजगार बनाउन आफुले पहल गर्र्ने प्रतिबद्धता जनाउनु भएको हो ।

कार्यक्रममा पराजुलीले अफुसहित एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै बालबालिकाको अभिभावक र जेष्ठ नागरिकको साहरा बन्ने गरि काम गर्ने बताउनु भयो ।


उहाँले आफुपनि सामान्य स्तरको परिवारको सदस्य भएकाले नगरबासीको समस्यालाई सहजै पहिचान गर्न सक्ने र समाधान गर्न सदैव काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

चुनावी कोणसभामा अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले समेत सम्बोधन गर्नुभएको थियो । वडा नम्बर ५का वडाअध्यक्ष पदका उम्मेदवार डम्बर कुमार घिमिरेले पनि आफुहरुलाई विजयी गराउन आग्रह गर्नुभएको थियोे ।

त्यस्तै सदस्य पदका उम्मेदवारहरु लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीले पनि मतदाता समक्ष मत दिन आग्रह गर्नु भएको थियो ।

नेकपा एमाले अर्जुनधाराले चुनावी घरदैलो अभियान अन्र्तगत अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा शनिबार मतदाता भेटघाट तथा कोणसभा कार्यक्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय